+
+
Shares

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, ९ गते मतदान

९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तय भएको छ । मतदान सकिएको दुई घण्टामा मतगणना हुने कार्यतालिकामा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते २२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन भोलिदेखि शुरू हुँदैछ भने नेतृत्व चयनका लागि आगामी ९ असारमा मतदान हुनेछ ।
  • रास्वपाको नयाँ केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ, जसमा ९९ जना निर्वाचित हुने र ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
  • रास्वपामा सभापति र वरिष्ठ नेतासहित १९ जना पदाधिकारी रहने र ७ प्रदेशका सभापति स्वतः केन्द्रीय समितिमा रहने बताइएको छ ।

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भोलिबाट हुँदैछ । तीन दिनसम्म चल्ने रास्वपाको पहिलो महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आगामी ९ गते (मंगलबार) बिहान साढे ८ बजेबाट मतदान हुनेछ ।

९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तय भएको छ । मतदान सकिएको दुई घण्टामा मतगणना हुने कार्यतालिकामा उल्लेख छ ।

रास्वपाको अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए ।

उनका अनुसार, सभापति, वरिष्ठ नेता, उपसभापति–३ (महिला १ जना), महामन्त्री–२, सहमहामन्त्री–५ (महिला १), कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–२, प्रवक्ता–१ र सहप्रवक्ता–३ जना रहनेगरी पदाधिकारी बन्नेछ ।

त्यस्तै, सभापति, उपसभापति ३, महामन्त्री २, ५ जना सहमहामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता स्वत: सचिवालय सदस्य हुने पनि उनले जानकारी दिए ।

बाँकी सचिवालय सदस्यहरू सभापतिले नै मनोनीत गर्ने उनले बताए ।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति १५८ जनाको हुनेछ । जसमा सभापतिले ५१ मनोनीत गर्नेछन् भने ९९ जना निर्वाचित हुनेछन् ।

७ प्रदेशका सभापति स्वत: पदेन सदस्य रहने भएकाले केन्द्रीय समितिमा रहने पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?