१९ असार, भक्तपुर । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्को सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कारवाट विभिन्न ६ नवदित् युवा उद्यमी पुरस्कृत भएका छन् । शुक्रबार परिषद् परिसर सानोठिमीमा आयोजित प्रदर्शनी तथा प्रतिस्पर्धावाट ६ समुह छानिएका हुन् ।
पुरस्कृत हुनेमा डियर सर होम टिउसन प्रा.लि.का रविकिरण श्रेष्ठ, यार्साटेक प्रा.लि.की सविता शर्मा, इकागजपत्र प्रा.लि.का निकेश सिंह , सकल बायो इन्जाइम नेपालकी सरला महर्जन , भर्मिकाउ अर्ग्यानिक्सका आयुश अवस्थी र सात्भिका भान्साघरकी महेश्वरीकुमारी सिंह रहेको परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।
विजेतालाई जनही रु २ लाखका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा छानिएका युवा उद्यमीलाई राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्लले पुरस्कार सहित सम्मान गरेका थिए ।
त्यसअघि सहभागीहरूले परिषद् परिसरमा निर्माण गरिएका विभिन्न स्टलमा अन्तिम १५ मा परेका युवा उद्यमीले आआफ्ना उत्पादन तथा व्यवसायको प्रदर्शनी गरेका थिए । कार्यक्रममा परिषदका पुर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा मन्त्रालयका सहसचिव हेमराज तामाङ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिक्रिया 4