+
+
Shares

नयाँ दिल्ली दूतावासले जुलाई महिनाभर नेपाली चलचित्र देखाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १७:१५

नयाँ दिल्लीस्थित नेपाली दूतावासले ‘जुलाई नेपाली चलचित्र महिना’ अभियान सुरु गर्दै नेपाली चलचित्र, कलाकार, संगीत र सिर्जनात्मक यात्राको उत्सव मनाउने भएको छ ।

दूतावासले गर्न लागेको यो अभियानअन्तर्गत नेपाली चलचित्र प्रदर्शन, कलाकारसँग अन्तरक्रिया तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

यसै अभियानको पहिलो कार्यक्रमका रूपमा दूतावासले कलाकार नीर शाह र विपना थापालाई सम्मान र उनीहरूसँग अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा कार्यवाहक राजदूत सुरेन्द्र थापाले कलाकार थापा र शाहको उल्लेखनीय अभिनय यात्रा र नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान प्रदान गरे ।

सम्मान ग्रहण गर्दै उनीहरूले दूतावासप्रति आभार व्यक्त गर्दै आफ्नो चलचित्र यात्रा, फिल्म उद्योगका अनुभव र वर्षौंदेखि दर्शकसँग जोडिएको सम्बन्धबारे अनुभव साझा गरे ।

दूतावासले ‘जुलाई नेपाली चलचित्र महिना’ अभियानमार्फत नेपाली सिनेमाको समृद्ध इतिहास, प्रतिभाशाली कलाकार र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?