News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ।
- गणेशको मृत्युको जिम्मेवार सरकार भएको भन्दै युवाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
२६ असार, काठमाडौं । ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् ।
गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4