News Summary
Generated by OK AI. Editorially reviewed.- सन्नी देओल र अक्षय खन्नाको मुख्य भूमिका रहेको कानुनी थ्रिलर फिल्म ‘इक्का’ १० जुलाईदेखि नेटफ्लिक्समा प्रदर्शनमा आएको छ ।
- आयुष्मान खुराना अभिनीत फिल्म ‘पति पत्नी और वो दो’ र पिरियड स्पाइ थ्रिलर ‘मुखबिर : द स्टोरी अफ अ स्पाइ’ नेटफ्लिक्समा रिलिज भएका छन् ।
- राम चरण र जान्हवी कपूर अभिनीत स्पोर्ट्स एक्सन–ड्रामा ‘पेड्डी’ सहित यस साता कुल १२ फिल्म र वेब–सिरिज ओटीटीमा सार्वजनिक भएका छन् ।
मनसुनसँगै सप्ताहन्त पनि आइपुगेको छ । शुक्रबारदेखि केही फिल्म हलमा रिलिज भएका छन् भने केही वेब-सिरिज र श्रृंखला ओटीटीमा आए । कुल १२ फिल्म र वेब-सिरिज ओटीटीमा रिलिज भएका छन् ।
हिन्दी दर्शकका लागि यस साताको सबैभन्दा चर्चित रिलिज कानुनी थ्रिलर ‘इक्का’ हो, जसमा सन्नी देओल र अक्षय खन्ना मुख्य भूमिकामा छन् । मे महिनामा हलमा प्रदर्शन भएको आयुष्मान खुराना अभिनीत ‘पति पत्नी और वो दो’ पनि अब ओटीटीमा हेर्न सकिनेछ । सत्य घटनामा आधारित जासुसी थ्रिलर ‘मुखबिर : द स्टोरी अफ अ स्पाइ’ पनि यही साता रिलिज हुँदैछ ।
दक्षिण भारतीय फिल्म उद्योगबाट राम चरण अभिनीत ‘पेद्दी’ पनि ओटीटीमा आएको छ । यद्यपि यसको हिन्दी डब संस्करणका लागि भने केही समय प्रतीक्षा गर्नुपर्नेछ । मलयालम एक्सन-ड्रामा ‘बाल्टी’मा शेन निगम उत्कृष्ट कबड्डी खेलाडीको भूमिकामा छन्, जसको जीवन स्थानीय प्रतियोगिता जितेपछि अपराधको संसारमा फस्दै अप्रत्याशित मोड लिन्छ ।
तेलुगु म्युजिकल फ्यान्टेसी ‘सिङ गीतम’मा गाउँको जमिनमुनि गाडिएको सुनको रहस्य देखाइएको छ भने ‘परिमला एन्ड कम्पनी’ एक ब्ल्ययाक कमेडी थ्रिलर हो, जहाँ एउटा परिवार आफ्नै घरमा भएको हत्या प्रकरणमा फस्छ ।
इक्का (१० जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
‘इक्का’ कानुनी थ्रिलर फिल्म हो । ‘बोर्डर’ प्रदर्शन भएको करिब तीन दशकपछि सन्नी देओल र अक्षय खन्ना पुनः एउटै पर्दामा देखिएका छन् । फिल्ममा सन्नीले कानुनी क्षेत्रमा ‘इक्का’ भनेर चिनिने चर्चित अधिवक्ता अर्जुन मेहराको भूमिका निर्वाह गरेका छन् । आफ्नो सिद्धान्तमा अडिग अर्जुनको सबैभन्दा कठिन परीक्षा त्यतिबेला सुरु हुन्छ, जब उनले हत्या प्रयासको चर्चित मुद्दामा आरोपित शौर्यमान गौर (अक्षय खन्ना) को पक्षमा बहस गर्नुपर्ने हुन्छ । यसअघि उनी नै शौर्यमानविरुद्ध अदालतमा उभिएका थिए ।
फिल्ममा तिलोत्तमा शोम सार्वजनिक अभियोजक मधुरा बनर्जी, दिया मिर्जा अर्जुनकी पत्नी अवन्तिका, साथै सन्जिदा शेख, शिशिर शर्मा र आकांक्षा रञ्जन कपूर पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म १० जुलाईदेखि नेटफ्ल्क्सिमा स्ट्रिम हुनेछ ।
पति पत्नी और वो दो (१० जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
मुदस्सर अजीज निर्देशित ‘पति पत्नी और वो दो’ मे महिनामा सिनेमाघरमा प्रदर्शन भएको थियो । आयुष्मान खुराना, सारा अली खान, रकुल प्रीत सिंह र वामिका गब्बी अभिनीत फिल्मले बक्सअफिसमा ५१ करोड भारु नेट कमाइ गरेको थियो ।
कथा प्रयागराजका वन विभागका अधिकारी प्रजापति पाण्डे (आयुष्मान खुराना) वरिपरि घुम्छ । उनकी पत्रकार पत्नी (वामिका गब्बी) आफ्नै टेलिभिजन च्यानल खोल्ने सपना देख्छिन् । कार्यालयमा प्रजापतिकी सहकर्मी (रकुल प्रीत सिंह) सँग उनको राम्रो मित्रता हुन्छ । सबै कुरा सामान्य चलिरहेका बेला पुरानी साथी चञ्चल (सारा अली खान) अचानक जीवनमा फर्किन्छिन् । चञ्चललाई स्थानीय बाहुबलीका छोरासँग विवाह गर्नुपर्ने हुन्छ, तर परिस्थितिले प्रजापतिलाई उनको नक्कली प्रेमी बन्न बाध्य बनाउँछ । त्यसपछि सुरु हुने भ्रम र हास्यले कथालाई रोचक बनाउँछ ।
मुखबिर : द स्टोरी अफ अ स्पाइ (१० जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
यो पिरियड स्पाइ थ्रिलर सत्य घटनामा आधारित छ । यसको कथा भारतीय गुप्तचर विभागका पूर्व निर्देशक मलोय कृष्ण धरको पुस्तकबाट प्रेरित छ ।
मुख्य पात्र कामरान (जैन खान दुर्रानी) भारतका सडकमा चोरी गर्दै हुर्किएको युवक हो, जसलाई पाकिस्तानमा जासुसी गर्न भर्ती गरिन्छ । सन् १९६५ को युद्धताका पाकिस्तानको योजनाबारे महत्वपूर्ण सूचना भारतलाई उपलब्ध गराएर उनले आक्रमण रोक्न सहयोग गर्छन् । उनलाई नक्कली पहिचान हरफन बुखारी दिएर लाहोर पठाइन्छ, जहाँ उनी हराएको पाकिस्तानी परिवारको सदस्य बनेर बस्छन् । त्यहाँ उनले प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बनाउँदै पाकिस्तानी सेनाको गोप्य योजना भारत पठाउँछन् ।
शिवम नायर र जयप्रद देसाई निर्देशित फिल्ममा प्रकाश राज, आदिल हुसेन, हर्ष छाया, सत्यदीप मिश्रा, बरखा बिष्ट, दिलीप शंकर, जोया अफरोज, अतुल कुमार, करण ओबेरोय, सुशील पाण्डे र सुनील शानबागको अभिनय छ ।
पेड्डी (९ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
राम चरण र जान्हवी कपूर अभिनीत ‘पेड्डी’ ग्रामीण परिवेशमा आधारित स्पोट्र्स एक्सन–ड्रामा हो । यसको कथा आन्ध्र प्रदेशका एक प्रतिभाशाली उखु मजदुरको हो, जो पहलवान बन्छ, पछि आफ्ना समुदायको अधिकारका लागि लड्छ र अन्ततः प्रोस्थेटिक ब्लेडको सहायताले राष्ट्रिय स्तरको दौड जित्ने पारा-एथलेट बन्छ ।
प्रतिद्वन्द्वीको आक्रमणका कारण उनको खुट्टा गुम्छ । त्यसपछि कृत्रिम ब्लेड प्रयोग गर्न सिकेर उनले राष्ट्रिय प्रतियोगिता जित्छन् र त्यसैको माध्यमबाट आफ्नो गाउँलाई सरकारी मान्यता तथा आवश्यक रेल स्टेशन निर्माण गराउन सरकारलाई दबाब दिन्छन् । यसबीच प्रभावशाली नेताकी छोरीसँग उनको प्रेमकथा पनि अघि बढ्छ । तेलुगु भाषामा बनेको फिल्म अहिले नेट्फिल्क्समा उपलब्ध छ भने हिन्दी संस्करण पछि आउनेछ ।
सिङ गीतम (९ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
निर्देशक सिङ्गीतम श्रीनिवास रावको तेलुगु म्युजिकल फ्यान्टेसी-कमेडी ‘सिङ गीतम’ ९ जुलाईदेखि ल्भताष्हि मा हिन्दी डब संस्करणसहित उपलब्ध भएको छ ।
अयान खान, अहिल्या बामरु र शालिनी कोन्डेपुडी अभिनीत फिल्ममा एउटा गाउँको कथा छ, जहाँ अन्तिम पवित्र रुख काटिएपछि श्राप लाग्छ । त्यसपछि गाउँलेले सामान्य रूपमा बोल्न नसकी गीतमार्फत मात्र संवाद गर्न सक्छन् । गाउँको जमिनमुनि रहेको सुनको खोजी गर्न आएको प्रताप र खानी व्यवसाय विस्तार गर्न चाहने व्यवसायी रेणुको योजनाले कथा अगाडि बढ्छ ।
आइ एम नट अफ्रेड (८ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
‘आइ एम नट अफ्रेड’ स्पेनी वेब सिरिज हो । सन् १९८६ को विश्वकप चलिरहेका बेला मेक्सिकोको पहाडी क्षेत्रमा १० वर्षीय मिगुएलले एउटा परित्यक्त घर नजिक अपहरणमा परेका फेलिपेलाई भेट्छ । दुवैबीच गोप्य मित्रता सुरु हुन्छ । पछि फेलिपेको अपहरण मिगुएलले चिनेकै मानिसहरूले गरेको तथ्य बाहिर आउँछ ।
यो कथा इटालियन लेखक निकोलो अमानितिको चर्चित उपन्यासमा आधारित हो, जसलाई सन् २००३ मा निर्देशक गाब्रिएले साल्भाटोरेसले फिल्मका रूपमा पनि प्रस्तुत गरेका थिए ।
साल्सेडो, लेदर एन्ड बुगालु (८ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
कोलम्बियाली चर्चित सिरिज ‘इभा लास्टिङ’को स्पिन–अफ ‘साल्सेडो, लेदर एन्ड बुगालु’ आठ भागको ड्रामा हो । यसको कथा सन् १९७० को दशकको काली शहरको रात्रि जीवनमा आधारित छ ।
मुख्य पात्र मार्टिन साल्सेडो (सर्जियो पलाउ) को जीवन दुई महिलाको आगमनपछि पूर्ण रूपमा बदलिन्छ । भेरोनिका पिनिला (पाओला गोन्जालेज) र क्विएब्रा कान्टो (रामिरो मेनेसेस) सँग जोडिएको सम्बन्धले उनलाई प्रेम, मदिरा र जोखिमले भरिएको संसारमा लैजान्छ ।
नथिङ टु लुज (८ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
‘नथिङ टु लुज’ फ्रेन्च क्राइम ड्रामा हो । बेल्जियन कमेडियन नावेल मदानीले निर्देशनसँगै अभिनय पनि गरेकी छन् ।
कथा जेडको हो, जसले सन्तानका लागि वर्षौं संघर्ष गरेपछि भ्रुण दानमार्फत बच्चा जन्माउँछिन् तर जन्मिएलगत्तै शिशुमा रक्त क्यान्सर भएको थाहा हुन्छ । त्यसपछि उनी उपयुक्त डोनर खोज्न हरसम्भव प्रयास गर्छिन् ।
लिटिल हाउस अन द प्रेयरी (९ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
‘लिटिल हाउस अन द प्रेयरी’ लेखक लौरा इङ्गल्स वाइल्डरका अर्ध–आत्मकथात्मक उपन्यासमा आधारित नयाँ वेब सिरिज हो । रेबेका सोनेनशाइनले विकास गरेकी यो सिरिज सन् १८७० को दशकको इङ्गल्स परिवारको कथा हो ।
चाल्र्स (लुक ब्रेसी), क्यारोलिन (क्रस्बी फिट्जजेराल्ड) र उनीहरूका छोरीहरू मेरी (स्काइवाकर ह्युजेस) तथा लौरा (एलिस हल्सी) नयाँ जीवनको खोजीमा विस्कन्सिनबाट कान्सास पुग्छन् । कथामा ओसेज आदिवासी समुदायको जीवन पनि समेटिएको छ ।
सुसाना एन्ड एल्भिरा : नो प्लान बी (१२ जुलाई २०२६)
कहाँ हेर्ने : नेटफ्ल्क्सि
यो कोलम्बियाली कमेडी–ड्रामा फिल्ममा लोकप्रिय पात्र सुसाना (मानुएला गोन्जालेज) र एल्भिरा (माबेल मोरेनो) दुई वर्षपछि फेरि सँगै देखिएका छन् ।
भारत भ्रमणका क्रममा भएको मनमुटावपछि उनीहरू सान्ता मार्टामा वर्षकै सबैभन्दा ठूलो सेलिब्रिटी विवाह आयोजना गर्न पुनः सहकार्य गर्न बाध्य हुन्छन् । विवाह व्यवस्थापनको दौडधुपसँगै उनीहरूले आफ्ना पुराना सम्बन्ध, असफलता र भावनात्मक घाउको पनि सामना गर्नुपर्छ । फिल्म १२ जुलाईदेखि नेटफ्ल्क्सिमा रिलिज हुनेछ ।
प्रतिक्रिया 4