News Summary
Generated by OK AI. Editorially reviewed.- कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।
- सन् १९९५ देखि २०१३ सम्म अमिर रहेका उनलाई आधुनिक कतारका निर्माता मानिन्छ।
- उनको शासनकालमा सन् १९९६ मा अल जजीरा इन्टरनेसनल नेटवर्कको सुरुवात भएको थियो।
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।
कतार सरकारले आइतबार बिहान उनको निधन भएको जानकारी दिएको हो। उनी सन् १९९५ देखि २०१३ सम्म कतारको अमिर बनेका थिए।
उनलाई आधुनिक कतार निर्माण गर्ने प्रमुख व्यक्तिका रूपमा मानिन्छ। उनको शासनकालमा कतारले तीव्र आर्थिक विकास गरेको थियो।
उनकै आदेशमा सन् १९९६ मा अल जजीरा इन्टरनेसनल नेटवर्कको सुरुवात भएको थियो। उनले सन् २०१३ मा आफ्ना छोरा शेख तमीम बिन हमद अल थानीलाई सत्ता सुम्पिएका थिए। उनका छोरा शेख तमीम अहिले कतारको अमिर छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4