कैलालीको गोदावरी नदी (फाइल तस्वीर)
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरी नदीमा बाढीका कारण फसेका ३३ वर्षीय अपिल मल्लको प्रहरीले आज सकुशल उद्धार गरेको छ ।
- बर्दगोरिया गाउँपालिका–१ का मल्ल नदीको बीच भागमा फसेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
- इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले सो कुराको जानकारी दिनुभयो ।
२८ असार, कैलाली । कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।
गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।
नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4