+
फिफा विश्वकप २०२६ :

यी हुन् फिफा विश्वकप २०२६ मा गोल्डेन बल जित्न सक्ने खेलाडी

२०८३ असार  २९ गते १६:४८ २०८३ असार २९ गते १६:४८

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले गोल्डेन बल अवार्ड प्राप्त गर्छन् । को बन्ला विश्वकपको उत्कृष्ट खेलाडी ? कसले पाउला गोल्डेन बल ? यो पनि चासोको विषय बनेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्ड गरी चार टोली सेमिफाइनलमा पुगेका छन्।
  • गोल्डेन बल अवार्डका लागि किलियन एमबाप्पे, लियोनल मेसी, लामिन यमाल, माइकल ओलिसे, जुड बेलिङघम र ह्यारी केन मुख्य दाबेदारका रूपमा देखिएका छन्।
  • विश्वकपमा सर्वाधिक गोल र असिस्टका आधारमा खेलाडीहरूको प्रदर्शनलाई गोल्डेन बलको छनोटका लागि निर्णायक मानिएको छ।

२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्त्यतिर आइपुग्दा उपाधिका लागि चार टिम बाँकी छ । साविक विजेता अर्जेन्टिना, साविक उपविजेता फ्रान्ससँगै स्पेन र इंग्ल्यान्ड उपाधि होडमा छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले गोल्डेन बल अवार्ड प्राप्त गर्छन् । को बन्ला विश्वकपको उत्कृष्ट खेलाडी ? कसले पाउला गोल्डेन बल ? यो पनि चासोको विषय बनेको छ ।

उत्कृष्ट तीन खेलाडीले क्रमश: गोल्डेन बल, सिल्भर बल र ब्रोन्ज बल प्राप्त गर्नेछन् ।

किलियन एमबाप्पे, फ्रान्स

किलियन एमबाप्पे फ्रान्सका कप्तान र मुख्य गोल स्कोरर हुन् । जसले गर्दा उनलाई गोल्डेन बलको पनि मुख्य दाबेदार बनाएको छ । यस पटक उत्तर अमेरिकामा भइरहेको २३औं संस्करणको विश्वकपमा २७ वर्षीय एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले अहिलेसम्म ६ खेलमा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा पनि अघि छन् । उनले ३ असिस्ट समेत गरेका छन् ।

एमबाप्पेले राउण्ड अफ ३२ मा स्वीडेन विरुद्ध र दुई गोल गर्दा पाराग्वे विरुद्ध निर्णायक पेनाल्टी गोल गरेका थिए । क्वाटरफाइनलमा मोरक्को विरुद्ध पनि एक गोल ।

विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ गोल गरेका छन् ।

यस विश्वकपमा ६ खेलमे ८ गोल गरिसकेका एमबाप्पे गोल्डेन बुटसँगै गोल्डेन बलको दाबेदारमा पनि अघि छन् ।

सन् २०२२ मा फ्रान्स उपविजेता बन्दा एमबाप्पेले शिल्भर बल जितेका थिए । तर उनले कतारमा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

यस पटक फ्रान्सको कप्तानी गर्दे टिमलाई सेमिफाइनलसम्म पुर्‍याएका एमबाप्पे अब बाँकी दुई खेलमा पनि सोही लय कायम राखेमा गोल्डेन बलको प्रबल दाबेदार हुनेछन् ।

लियोनल मेसी, अर्जेन्टिना

फिफा विश्वकपको साविक विजेता अर्जेन्टिनाका कप्तान अनी गोल्डेन बलको पनि साविक विजेता लियोनल मेसी नै हुन् । अर्जेन्टिनाको विश्वकपको यात्रा धेरै हदसम्म मेसीकै प्रदर्शनमा भर परेको छ । मेसी एक मात्र त्यस्ता खेलाडी हुन् जसले दुई पटक सन् २०१४ र २०२२ मा गोल्डेन बल अवार्ड जितेका थिए । सन् २०१४ मा मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका थिए तर जर्मनीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

उत्तर अमेरिकामा जारी विश्वकपमा पनि मेसीले शानदार प्रदर्शन गरिरहेका छन् र सेमिफाइनलसम्म आइपुग्दा ८ गोल र १ असिस्ट पनि गरेका छन् । उनले समूह चरणको पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक गरेका थिए भने यस विश्वकपको लगातार ५ खेलमा गोल गरेका थिए । क्वाटरफाइनलमा स्विट्जरल्यान्ड बाहेक सबै ५ खेलमा गोल गरेका थिए । विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान पनि मेसीले बनाइसकेका छन् ।

३९ वर्षको उमेर पनि टिमको नेतृत्व गर्दै मैदानमा उस्तै जोशका साथ खेलिरहेका मेसी मुख्य गोलकर्ताको रुपमा पनि छन् ।

मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक असिस्ट गर्ने कीर्तिमान देखि दर्जनौँ कीर्तिमान बनाइसकेका छन् ।

अर्जेन्टिनाको कप्तान, गोल र असिस्ट दुवैमा पोख्त मेसीले टिमलाई पनि एकजुट बनाएका छन् । मेसीका लागि सबै कुरा त्याग गर्न अर्जेन्टिनाका खेलाडीहरु तयार छन् ।

यदी अर्जेन्टिना फाइनल पुगेर मेसीले उपाधि जिताएमा मेसीले ३ पटक गोल्डेन बल जित्ने खेलाडी बन्न सक्छन् ।

लामिन यमाल, स्पेन

उमेरले युवा र पहिलो पटक विश्वकप खेलिरहेपनि मैदानमा गर्ने प्रदर्शन र चर्चाको आधारमा लामिन यमाल कुनै स्टार भन्दा कम छैनन् ।

टिनएज मै उनले स्पेनको राष्ट्रिय टिम र बार्सिलोना क्लबमा धेरै उपलब्धी हासिल गरिसकेका छन् । १८ वर्षको उमेरमै ठूलो सफलता हात पारिसकेका यमाल अहिले स्पानिस टिमको पनि महत्वपुर्ण खेलाडी हुन् ।

फिटनेससँग जुधिरहेका यमालले सुरुवाती खेलमा पूरा समय नखेलेपनि पछिल्ला खेलहरुमा पहिलो रोजाईँमा खेलिरहेका छन् । यमाल युवा स्टारको रुपमा छन् । विश्वकपअघि नै यमालले धेरै चर्चा थियो । विशेषगरी ड्रिबलिङ र क्रिएटिभ क्षमता भएका यमाल स्पेनको टिमको महत्वपूर्ण खेलाडी हुन् । युरोकपको उपाधि जितिसकेका यमाले स्पेनलाई फाइनल पुर्‍याउँदै उपाधि जिताउन सकेन गोलडेन बलको लागि उनी दाबेदारको रुपमा रहनेछन् ।

टिमका लागि धेरै गोल नगरेपनि महत्वपूर्ण र निर्णायक प्रदर्शन गर्न सक्ने खेलाडीको रुपमा छन् ।

माइकल ओलिसे, फ्रान्स

फ्रान्सका माइकल ओले गोल स्कोर भन्दा पनि टिमको मुख्य प्लेमेकरको रुपमा छन् । उनी यस विश्वकपमा फ्रान्सको गोलकर्ता भन्दा पनि प्लेमेकरको रुपमा देखिएका छन् ।

फ्रान्सको टोलीमा कप्तान एमबाप्पे र फरवार्ड उसमान डेम्बेलेसँगै माइकल ओलिसेको ट्रिओ खुबी जमेको छ । डेम्बेले र एमबाप्पेल गोल गर्दा मिडफिल्ड कन्ट्रोल गर्ने देखि पास उपलब्ध गराउने ओलिसेको काम हो ।

अहिलेसम्म कुनै गोल नगरेपनि ओलिसे गोलका लागि असिस्ट गर्नेमा अघि छन् । उनले ६ खेलमा ५ असिस्ट गरिसकेका छन् र सर्वाधिक असिस्ट गर्नेमा अघि छन् । राउण्ड अफ ३२ मा स्वीडेन विरुद्ध जितमा ओलिसले फ्रान्सका लागि ३ असिस्ट गरेका थिए ।

फ्रान्सको टिममा एमबाप्पे र डेम्बेले गोल गर्ने खेलाडीको रुपमा देखिएका छन् तर ओलिसेल टिमको मुख्य खेलाडीको रुपमा छन् र विश्वकपमा जमिरहेका छन् ।

जुड बेलिङघम, इंग्ल्यान्ड

इंग्ल्यान्डका मिडफिल्डर बेलिङहम यस विश्वकमा कप्तान ह्यारी केनसँगै टिमको मुख्य गोलकर्ताकै रुपमा देखिएका छन् । सुरुमा गोल्डेन बलका लागि बेलिङहम त्यति दाबेदार नदेखिएपनि राउण्ड अफ १६ र क्वाटरफाइन मा २-२ गोल गरेपछि बेलिङघम अहिले उत्कृष्ट खेलाडीको लागि पनि दाबेदारको रुपमा देखिएका छन् ।

इंग्ल्यान्डको मुख्य मिडफिल्डर उनले महत्वपूर्ण खेलमा गोल गरिरहेका छन् । कप्तान ह्यारी केनसँग गजज्बको साझेदारी बनेको छ । स्कोरिङ मात्र नभई मिडफिल्ड कन्ट्रोल देखि लिडरसिप सम्म योगदान दिएका छन् ।

नकआउट चरणका दुई खेलमा जस्तै यदी सेमिफाइनल र फाइनलम पनि त्यस्तै प्रदर्शन कायम राख्न् सकेन उनी दाबेदार । टिम संकटमा पर्दा महत्वपूर्ण क्षणमा गोल गर्दै योगदान दिएका छन् ।

ह्यारी केन, इंग्ल्यान्ड

इंग्ल्यान्डका कप्तान ह्यारी केन टिमको मुख्य गोलकर्ता हुन् । उनले ६ खेलमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचीमा पनि छन् । साथै १ असिस्ट पनि गरेका छन् ।

दुई नकआउट खेलमा उनले ३ महत्वपूर्ण गोल गरेका थिए । डिआर कंगो विरुद्ध एक गोलले पछि परेको स्थीमा दुई गोलल गर्दै टिमलाई जिताएका थिए । अन्तिम १६ मा मेक्सिको विरुद्ध १ गोल गरेका थिए ।

यदी इंग्ल्यान्ड ५० वर्षपछि विश्वकपको उपाधि जिताउन सकेमा केन गोल्डेन बलको लागि पनि दाबेदार बन्नेछन् ।

गोल्डेन बल फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय