News Summary
Generated by OK AI. Editorially reviewed.- आजभन्दा ९६ वर्षअघि १३ जुलाई १९३० मा उरुग्वेमा फिफा विश्वकपको पहिलो खेल आयोजना गरिएको थियो।
- उक्त उद्घाटन खेलमा फ्रान्सले मेक्सिकोलाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो।
- सन् १९३० को पहिलो संस्करणमा सहभागी १३ राष्ट्रमध्ये उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई ४-२ ले हराउँदै उपाधि जितेको थियो।
२९ असार, काठमाडौं । हाल उत्तर अमेरिकामा फिफा विश्वकप २०२६ भइरहेको अब सेमिफाइनल र फाइनल खेलहरु बाँकी छ । विश्व फुटबलको महाकुम्भको रुपमा रहेको फिफा विश्वकपको इतिहास लगभग एक दशक पुग्न लागिसकेको छ ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप २३औं संस्करणसम्म आइपुगेको छ । तर विश्वकप पहिलो खेल कहिले भएको थियो ? कुन कुन टिम खेलेको थिए भन्ने धेरैलाई चासो होला ।
आज भन्दा ९६ वर्षअघि सन् १९३० मा ठिक आजकै दिन फिफा विश्वकपको पहिलो खेल भएको थियो । अर्थात १९३० कव जुलाई १३ मा विश्वकपको पहिलो खेल खेलिएको थियो ।
आयोजक फ्रान्स र मेक्सिकोबीच उक्त खेल भएको थियो जहाँ उरुग्वे ४-१ ले विजयी भयो । मोन्टेभिडियोमा भएको खेलमा पिहलो गोल गर्ने खेलाडी थिए फ्रान्सका लुसिएन्ट लरेन्ट ।
उनले १९औं मिनेटमा गोल गरेका थिए । यस्तै मार्सेल लाङ्गिलरले ४०औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । आन्द्रे मासिनोटले ४३औं र ८७औं मिनेटमा गोल गरे । मेक्सिकोका लागि वुवान कारेनोले ७०औं मिनेटमा एक गोल फर्काए ।
समूह ए मा रहेका फ्रान्स र मेक्सिको दुवै टोली समूह चरणबाटै बाहिरिए । यस समूहबा६ अर्जेन्टिना तीनै खेल जित्दै सेमिफाइनल पुगेको थियो ।
पहिलो विश्वकपमा १३ टोलीको सहभागिता थियो । सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । तीन समूहमा ३-३ र एक समूहमा ४ टोली थिए । चारै समूहका समूह विजेता सेमिफाइनल पुग्ने प्रावधान थियो ।
अर्जेन्टिनासँगै आयोजक उरुग्वे, युगोस्लाभिया र अमेरिका पहिलो संस्करणको सेमिफाइनल पुगेका थिए । सेमिफाइनलमा उरुग्वे युगोस्लाभिया र अर्जेन्टिनाले अमेरिकालाई हरायो । दुवै सेमिफाइनलको स्कोर समान ६-१ थियो ।
फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले पराजित गर्दै पहिलो विजेता बनेको थियो । सुरुवाती अग्रता लिएको उरुग्वेलदुई गोल बेहोरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा उरुग्वेले कमब्याक गर्दै दुई गोल गरेपछि ४-२ ले खेल जितेको हो ।
पहिलो संस्करणमा अर्जेन्टिनाका गुइलेर्मो स्टाबिलले एक ह्याट्रिकसहित सर्वाधिक ८ गोल गरेका थिए ।
पहिलो विश्वकपमा कूल १६ टिमको सहभागिता रहने योजना योजना थियो । तर एसियाबाट जापान र थाइल्यान्ड तथा अप्रिकाबाट इजिप्टले नाम फिर्ता लिएपछि १३ टिमले मात्र प्रतिस्पर्धा गरेको थियो ।
प्रतिक्रिया 4