+

सेमिफाइन खेल्ने चार टोलीका गोलकिपर, कसको प्रदर्शन कस्तो?

२०८३ असार  २९ गते १८:०७ २०८३ असार २९ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्ड प्रवेश गरेका छन्।
  • सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड तथा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ।
  • प्रतियोगितामा सहभागी टोलीका गोलकिपरहरू उनाई सिमोन, माइक मेग्नन, जोर्डन पिकफर्ड र एमिलियानो मार्टिनेजले आ–आफ्नो टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इंग्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इग्ल्यान्ड तथा फ्रान्स र स्पेन भिड्दैछन् ।

आफू सम्मेलित टोलीलाई सेमिफाइनलमा पुर्‍याउन गोलकिपरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

कस्ता छन् त सेमिफाइनलिष्ट चार टोलीका गोलकिपर ?

उनाई सिमोन (स्पेन)

स्पेनका गोलकिपर उनाइ सिमानेको तथ्याङ्क हेर्दा पत्याउनै गाह्रो पर्ने खालको उत्कृष्ट छ । स्पेनले ६ खेल खेलिसक्दा विपक्षी टोलीहरूले सिमोनविरुद्ध मात्र एक गोल गर्न सकेका छन् ।

उनले आफ्ना सुरुवाती पाँचै खेलमा विपक्षीलाई कुनै गोल गर्न दिएनन् र उनले बेहोरेको एकमात्र गोल क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध थियो । उनको आलोचना गर्नेहरूले स्पेनको रक्षापंक्ति निकै बलियो रहेको र उनले अन्य गोलकिपरको तुलनामा सबैभन्दा कम मेहनत गर्नुपरेको तर्क गर्छन् ।

त्यसैले उनले अहिलेसम्म ठूलो दबाब झेल्नुपरेको छैन । तर मंगलबार त्यो सबै बदलिनेछ, जब उनले प्रतियोगितामै सबैभन्दा बढी १६ गोल गरिसकेको फ्रान्सको सामना गर्नेछन् । किलियन एम्बाप्पे विश्वकै सबैभन्दा खतरनाक स्ट्राइकर हुन् । यदि सिमोनले उनलाई पनि रोके भने यो बहसमा उनी नै उत्कृष्ट ठहरिनेछन् ।

माइक मेग्नन (फ्रान्स)

प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई दिइने ‘गोल्डेन ग्लभ’ जित्ने बलियो दाबेदार हुन् फ्रान्सका माइक मेग्नन । यसको कारण स्पष्ट छ—फ्रान्सले ६ खेलमा मात्र दुई गोल खाएको छ ।

मेन्यो आफ्ना स्पेनी समकक्षी सिमोनभन्दा बढी व्यस्त रहेका छन् र फ्रान्सको अग्रतालाई जोगाउन उनले धेरै बचाउहरू गरेका छन्। । इतिहास पनि उनकै पक्षमा देखिन्छ ।

पछिल्ला पाँचमध्ये चारवटा गोल्डेन ग्लभ विजेता टोलीकै गोलकिपरले जितेका छन् । र यसपटक फ्रान्स उपाधि जित्ने बलियो दाबेदार हो ।

यदि मंगलबार स्पेनको रक्षापंक्ति भत्कियो भने बुधबार बिहानसम्म मेग्नन शीर्ष स्थानमा पुग्नेछन् ।

जोर्डन पिकफर्ड (इंग्ल्यान्ड)

इंग्ल्यान्डका जोर्डन पिकफोर्ड वास्तवमै मैदानमा कडा मेहनत गर्नुपरेका गोलकिपर हुन् । इंग्ल्यान्डको रक्षापंक्तिमा स्पेन र फ्रान्सको जस्तो मजबुती छैन । डिफेन्सले गरेका गल्तीहरूलाई पिकफर्डले नै सुधार्दै आएका छन् ।

उनको उत्कृष्ट प्रदर्शन ‘राउन्ड अफ १६’ मा मेक्सिकोविरुद्ध देखिएको थियो । जहाँ इंग्ल्यान्ड १० खेलाडीमा सीमित भई घरेलु दर्शकको चर्को दबाबमा अग्रता जोगाउन संघर्ष गरिरहेको थियो ।

पिकफर्डले लगातार उत्कृष्ट बचाउ गर्दै मेक्सिकोलाई रोके र इंग्ल्यान्ड ३–२ ले विजयी भयो । यद्यपी, उनीबाट अझ बढी बचाउको अपेक्षा गर्छ ।

इंग्ल्याण्डले बेहोरेका गोलहरूमध्ये कम्तीमा दुईवटा प्रहार यस्ता थिए जुन उनको स्तरको गोलकिपरले सहजै रोक्न सक्नुपर्थ्यो ।

एमिलियानो मार्टिनेज (अर्जेन्टिना)

चार वर्षअघि मार्टिनेज विश्वकपकै सर्वश्रेष्ठ गोलकिपर थिए र अर्जेन्टिनाले उपाधि जित्नुको सबैभन्दा ठूलो कारण पनि उनी नै थिए । फाइनलको पेनाल्टी सुटआउटमा फ्रान्सलाई रोकेको क्षण इतिहासमै चर्चित छ ।

यसपटक उनी लगातार दोस्रो पटक गोल्डेन ग्लभ जित्ने पहिलो गोलकिपर बन्ने दाउमा छन् । तर यो यात्रा उनका लागि सुखद रहिरहेको छैन । नकआउट चरणका हरेक खेलमा उनीविरुद्ध गोल भएको छ ।

क्वार्टरफाइनलसम्म पुगेका सबै गोलकिपरमध्ये उनले सबैभन्दा कम बचाउ गरेका छन् । पिकफोर्डलाई जस्तै मार्टिनेजले पनि रोक्न सक्ने बलहरूलाई गोल हुन दिएको देखिन्छ ।

तर, यसको काउन्टर–तर्क उनको सम्पूर्ण खेल जीवन हो, जुन ठूला खेलका ठूला बचाउहरूले भरिएको छ । जे भए पनि, अर्जेन्टिनाले जित्न भने छोडेको छैन ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय