News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई 'श्री ८' को संज्ञा दिएपछि संसदमा नियमापत्ति भएको छ ।
- सांसद राईले सरकारले संविधानभन्दा माथि प्रधानमन्त्रीलाई राख्न खोजेको भन्दै आलोचना गरेका थिए ।
- रास्वपाका सांसद शिवजी यादवले सो अभिव्यक्ति लोकतान्त्रिक व्यवस्था विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।
३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन् ।
बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिएका थिए ।
उनले भनेका थिए, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’
उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’
सांसद राईको यस्तो अभिव्यक्तिमा रास्वपाका सांसद शिवजयी यादवले नियमापत्ति गरेका हुन् ।
उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ । संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’
प्रतिक्रिया 4