News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा एकसाथ प्रवेश गरेका छन् ।
- सभामुख डोलप्रसाद अर्यालको कार्यकक्षमा लामिछाने र शाहबीच करिब ५ मिनेट छलफल भएको छ ।
- प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद् र लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसहित विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नुअघि अगाडि रवि–बालेनसँग सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरे ।
सचिवालय स्रोतका अनुसार सभामुख अर्याल संसद भवनस्थित कार्यकक्षमै थिए । त्यही रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका हुन् ।
रास्ववपा सभापति संसद्मा जाँदा सभामुखकै कार्यक्षमा बस्ने गर्दछन् । उनका निम्ति छुट्टै कार्यकक्ष छैन् । प्रधानमन्त्री बालेनसँगै संसद् भवन गएका सभापति लामिछानेसँगै प्रधानमन्त्री बालेन पनि सभामुखको कार्यकक्षमा प्रवेश गरेका हुन् ।
करिब ५ मिनेट बसाइपछि रवि–बालेन एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, लोक सेवा आयोगको ६६ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयकलाई प्रस्तुत गर्ने कार्यसूची छ ।
नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने विषय छ ।
राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्यैसूची पनि छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) लाई अनुमोदन गर्ने विषय पनि कार्यसूचीमा छ ।
प्रतिक्रिया 4