+
+
Shares

आज ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुलुकका ४४ जिल्लामा साना नदीको बहाव बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
  • बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सातै प्रदेशका साना नदीमा बाढीको जोखिम उच्च रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
  • विभागले पाँचथर, इलाम, झापा, मोरङसहितका ३९ जिल्लामा उच्च जोखिम र अन्य बाँकी जिल्लामा मध्यम जोखिम रहने भनी पूर्वसूचना प्रवाह गरेको छ ।

३० असार, काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भइ बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ । बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सात प्रदेशका  साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?