News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषका आधारमा सरकारको विरोध गर्दा आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको संसदमा गुनासो गरेका छन् ।
- महरले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई गोली हानी मार्ने धम्की आएको बताउँदै उक्त व्यक्तिले आफ्नो नाम र फोन नम्बरसमेत सार्वजनिक गरेको जानकारी गराए ।
- सांसद महरले जनताको आवाज उठाउने क्रममा भइरहेको सुरक्षा चुनौतीबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
३० असार, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको आधारमा सरकारको समर्थनसँगै विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्ने क्रममा उनले आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका हुन् ।
आफूहरू सदनमा जनताका कुरा राख्न जनताबाटै अभिमत लिएर आएको भन्दै निरपेक्ष रुपमा सरकारको विरोध नगरिएको सांसद महरको भनाइ थियो ।
‘सरकारको हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं,’ उनले भने, ‘बिडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाँही विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइराखेको छ । फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ ।’
प्रमुख सचेतक महरले संसद् चलिरहेकै बेला पनि आफूलाई सामाजिक सञ्जाल फेबसुकमा गोली हानेर मारिदिने धम्की आएको बताए ।
‘भर्खरैमात्रै दुई जनाले मेरो स्टटासमा कमेन्ट गरिराख्नुभएको छ । म यहाँ पढेर सुनाउन चाहन्छु– ऐन महर आम्मा कसम तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ, सभामुख महोदय,’ उनले भने, ‘उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ । आजै भन्नुभएको छ ।’
प्रतिक्रिया 4