+
+
Shares

अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अस्थायी र करारका कर्मचारी हटाउने तयारी गरेपछि उनीहरूले मङ्गलबार अर्थ मन्त्रालयमा धर्ना दिँदै प्रदर्शन गरेका छन् ।
  • वर्षौंदेखि कार्यरत कर्मचारीहरूले सेवा निरन्तरताको माग राख्दै अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर नाराबाजी गरेका छन् ।
  • खर्च कटौतीको नीतिअनुसार आउटसोर्सिङमार्फत काम गराउने सरकारी निर्णयविरुद्ध कर्मचारीहरू आन्दोलित भएका हुन् ।

३० असार, काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।

सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।

सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरले सेवा निरन्तरताको माग गरिरहेका छन् ।

उनीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका छन् । सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?