News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि भक्तपुरको खरिपाटी र बोडेमा विद्यालय आवतजावत गर्न दुई वटा बसको व्यवस्था गरेको छ ।
- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समस्या समाधान नभएसम्म विद्यार्थीलाई बसको सुविधा उपलब्ध गराउने र विद्यालय लैजाने–ल्याउने कार्य सुरु गरिएको बताए ।
- बाढीका कारण पाठ्यपुस्तक नष्ट भएका कीर्तिपुरका विद्यार्थीलाई नयाँ सामग्री प्रदान गरिएको छ भने विद्यार्थीले पुरानै विद्यालयमा अध्ययन गर्ने इच्छा व्यक्त गरेका छन् ।
३० असार, काठमाडौं । सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय लैजान र ल्याउन बसको व्यवस्था गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेमा दुई वटा बसको व्यवस्था मिलाइएको हो ।
‘समस्या समाधान नभएसम्म विद्यार्थीलाई बसको व्यवस्था मिलाएको छौँ । आजदेखि दुई वटा बस चलेको छ । विद्यार्थीले भर्ना गरेको विद्यालयमा लैजाने र ल्याउने गरिएको छ,’ उनले भने ।
मन्त्री पोखरेलका अनुसार खरिपाटीमा २१ र बोडेमा १८ जना विद्यार्थी छन् । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई खरिपाटी र बोडेमा सारिएको छ ।
विद्यार्थीले चाहेमा विद्यालय परिवर्तन गर्नेबारे पनि छलफल भएको छ । तर विद्यार्थीले आफूले पढिरहेको पुरानै स्कुलमा पढ्न रुचि देखाएका छन् ।
कीर्तिपुरमा बाढी पसेपछि कापी किताब भिजेकाले विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराइएको उनले बताए ।
प्रतिक्रिया 4