News Summary
Generated by OK AI. Editorially reviewed.- नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै विभिन्न कसुरमा गरी कुल ४ वर्ष कैद र ४० हजार जरिबाना सुनाएको छ ।
- न्यायाधीश तेजबहादुर खड्काको इजलासले राईलाई ठगी, संगठित अपराध र राज्य विरुद्धको कसुरमा दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो ।
- ७५ वर्ष नाघेका कारण राईलाई ७५ प्रतिशत कैद छुट प्राप्त हुनेछ र थुनामा बसिसकेको समय कटाउँदा अब उनले दुई महिना १३ दिन कैद भुक्तान गरे पुग्नेछ ।
३० असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईविरुद्ध पनि सजाय निर्धारण भएको छ । काठमाडौँ जिल्ला अदालतले आज दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारण गरेको हो।
डा. इन्द्रजित राईलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण गरिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गरेको हो।
ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।
राईको हकमा उनी ७५ वर्ष नाघेकाले उनको ७५ प्रतिशत सजाय छुट हुने अदालतले उल्लेख गरेको छ। अब उनले २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्नेछ । उनी पुर्पक्षका लागि थुनामै छन् । उनले ३ वर्ष २ महिना १० दिन सजाय भुक्तान गरिरहेका छन् । बाँकी भने ९ महिना २० दिन कैदको हकमा छुट हुनेछ । उनले ७ महिना ७ दिन कैद छुट पाउनेछन् ।
प्रतिक्रिया 4