News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको शैलुङ गाउँपालिकामा ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २७ वर्षीय श्रीकृष्ण कार्की पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार प्रहरी टोलीले कार्कीलाई सोमबार नियन्त्रणमा लिएको हो।
- अदालतबाट तीन दिनको म्याद थप गरी कार्कीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
३० असार, काभ्रेपलाञ्चोक । दोलखाको शैलुङ गाउँपालिकामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार, शैलुङ गाउँपालिका–५ बस्ने ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय श्रीकृष्ण कार्कीलाई सोमबार नियन्त्रणमा लिएको हो ।
घटनाको उजुरीलगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको विशेष प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट मंगलबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4