News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले वृद्धि भई आज चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनचाँदीको भाउमा सामान्य वृद्धि देखिएको हो ।
३१ असार, काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।
गत बुधबार सुनको भाउ तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ पुगेको छ । यसअघि गत बुधबार चाँदी ४ हजार ५०० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4