+
+
Shares

दुर्गेशले प्रियंकालाई दिए गीत उपहार, ‘दुश्मन हेरेको हेर्‍यै’ पछि दोस्रो सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १२:२८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका कार्कीद्वारा निर्मित फिल्म ‘मास्टर्नी’को प्रवर्धन गीत सार्वजनिक गरिएको छ ।
  • दुर्गेश थापाको शब्द, संगीत र स्वरमा तयार उक्त गीतमा बबिना किराँतीले स्वरमा साथ दिएकी छन् ।
  • ५ भदौमा प्रदर्शन हुने उक्त फिल्ममा प्रियंका कार्की, सरोज खनाल र आर्यन सिग्देल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

काठमाडौं । ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्‍यै’ पछि गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले पुनः सांगीतिक सहकार्य गरेका छन् । प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को एक गीतको कम्पोज दुर्गेशले गरेका छन् ।

आयोजित समारोहमा उक्त फिल्मको ‘प्रवर्धन गीत’ सार्वजनिक गरियो । दुर्गेशकै शब्द, संगीत र स्वरमा तयार भएको सो गीत फिल्ममा भने समावेश हुनेछैन । गायनमा बबिना किराँतीले साथ दिएकी छन् ।

प्रमोसनका लागि मात्र गीतको प्रयोग हुने जानकारी दुर्गेशले दिए । दुर्गेशले उपहारस्वरुप यो गीत फिल्मको प्रमोसनका लागि प्रियंकालाई दिएको बताएका छन् ।

प्रदीप लामाको नृत्य निर्देशन र निर्देशनमा म्यूजिक भिडियो तयार छ । भिडियोमा प्रियंका र दुर्गेशसहित आयुष्मान जोशी र आर्यन सिग्देल फिचर्ड छन् ।

आयंका फिल्मसको प्रस्तुतिमा निर्माण भएको सो फिल्मको निर्मातामा प्रियंकासहित क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की छन् । शीर्ष भूमिकामा प्रियंकासहित सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुपविक्रम शाही, दिनेश काफ्लेको अभिनय छ ।

यो फिल्म ५ भदौदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?