News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको बजेट सर्वसम्मतिले पारित गरेको छ ।
- अर्थमन्त्री युवराज भट्टराईले १ असारमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो ।
- बजेट विवाद समाधानका लागि गठित सात सदस्यीय कार्यदलले पेश गरेको १० बुँदे प्रतिवेदनलाई समेत बजेटको अभिन्न अङ्ग बनाइएको छ ।
३१ असार, जनकपुरधाम । मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ ।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।
मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।
प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएका थिए ।
गत २८ असारमा मधेश प्रदेश सभाले बजेट विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले मंगलबार १० बुँदे प्रतिवेदन सभामा पेश गरेको थियो ।
उक्त बुँदा समेत बजेटको अंग बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4