News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
- सभापति रहबर अन्सारीले पाइप विस्तारको सम्भावनाबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयलाई निर्देशन दिनुभयो।
- समितिले पुराना सिलिन्डरबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि नियमित अनुगमन गरी गुणस्तरको सुनिश्चितता गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ।
३१ असार, काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
उनले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई पर्नसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास, आयल निगम र मन्त्रालयकोतर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4