+
+
Shares

महन्थ ठाकुरले दिए प्रधानमन्त्री बालेनलाई ‘नेपाली हिटलर’ को संज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १६:०६

३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरे ।

ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी पनि गरे ।

‘यो सरकारले ट्रेड युनियन, विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ । यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन । अर्गनाइजेसनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो ?,’ उनले भने, ‘आफ्नो सङ्गठन बनाउने हो कि कि आफ्नो स्वतन्त्र के भन्ने उनलाई ? नेपाली डिक्टेटर, नेपाली हिटलर । नेपाली हिटलर भइसकेको छ उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो । त यस प्रकार चाहिँ देशलाई धरातल उसमा लागिरहेको छ ।’

सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाए ।

‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । दलका नेताहरू असुरक्षित महशुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्,’ ठाकुरले भने, ‘यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ । सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होमहरूमाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा असर पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?