News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य मन्त्रालयले लामो समयदेखि विना जानकारी कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीहरूसँग स्पष्टीकरण माग गरेको छ।
- मन्त्रालयले सूचना जारी गर्दै ती कर्मचारीहरूलाई १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेश गर्न निर्देशन दिएको छ।
- सन्तोषजनक जवाफ नआएमा स्वास्थ्य सेवा ऐन बमोजिम भविष्यमा सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई सेवाबाट बर्खास्त गरिनेछ।
३२ असार, काठमाडौं । लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले बिहीबार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनेको हो ।
उनीहरुले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएको सूचनामा उल्लेख छ । त्यसैले सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्इ सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको छ ।
‘विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा लेखिएको छ ।
स्पष्टीकरण माग गरिएको सूचनामा वीर अस्पताल, कान्ति बाल अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, आयुर्वेद चिकित्सालय नरदेवी लगायतका अस्पताल तथा स्वास्थ्य संस्थाका डाक्टर, नर्स, ल्याब टेक्नोलोजिस्ट लगायतको नाम छ ।
हेर्नुहोस् सूचना

प्रतिक्रिया 4