+
+
Shares

पर्साको एक घरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ७:५८

३२ असार, काठमाडौं । पर्साको बिन्दावासिनी गाउँपालिका ३ सानो इटियाही टोलको एक घरमा आगलागी भएको छ ।

स्थानीय रामआधार साहको घरमा गएराति १० बजे आगलागी भएको हो । आगोले घरसहित भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा र फर्निचर समेत जलेर नष्ट भएका छन् ।

आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

आगो नेपाल प्रहरी दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुलेको छैन । प्रहरीले बिजुली सट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?