News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार दिउँसो भएको अविरल वर्षाका कारण काठमाडौंका माइतीघर लगायतका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
- सडक डुबानमा परेपछि सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् भने यातायात आवागमन अस्तव्यस्त बनेको छ।
- नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई बबरमहल क्षेत्रमा ट्राफिक प्रहरीले होल्ड गर्नुपरेको छ।
३२ असार, काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ ।
विशेषगरी माइतीघर क्षेत्र डुबानमा परेको हो । सो क्षेत्र भएर आवतजावत गर्ने सवारी साधनहरू होल्ड भएका छन् ।
नयाँ बानेश्वरतर्फबाट जाँदै गरेका सवारीलाई बबरमहल क्षेत्रमा होल्ड गरिएको छ । अहिले सो क्षेत्रमा ट्रापिक आवागमन अस्तव्यस्त बन्न पुगेको छ ।
बिहीबार दिउँसो केहीबेर काठमाडौंमा भारी वर्षा भएको थियो । यसअघि पनि काठमाडौंमा ठूलो वर्षा भएपछि विभिन्न क्षेत्रहरू डुबानमा पर्ने गरेको थियो ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4