News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले मिनर्जी इनिसियटिभ्ससँग एक रणनीतिक साझेदारीको सम्झौता गरेको छ ।
- बैंकका अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
- यो साझेदारीले अन्तर्राष्ट्रिय जलवायु वित्त र उद्यमीहरूबीचको खाडल कम गर्दै वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
३२ असार, काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसियटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे । पर्यावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौताले समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदाय अनुरुप क्षमता अभिवृद्धिमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।
‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ’ बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले भने, ‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
नेपालका अग्रणी वित्तीय संस्थामध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जनाएको छ । हाल बैंकका देशभर २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ र १ हजार २३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जाल छ ।
प्रतिक्रिया 4