+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकप २०२६ : विजेताले पाउनेछ ७ अर्ब रुपैयाँ भन्दा बढी पुरस्कार, कसले कति पाउँछन्?

२०८३ साउन  १ गते ११:०८ २०८३ साउन १ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को विजेताले ५ करोड अमेरिकी डलर अर्थात नेपाली रुपैयाँमा करिब ७ अर्ब ७० करोड ७० लाख पुरस्कार प्राप्त गर्नेछन् ।
  • फिफा काउन्सिलले २०२६ विश्वकपका लागि कूल ६५ करोड ५० लाख अमेरिकी डलर पुरस्कार राशी स्वीकृत गरेको छ, जुन कतार विश्वकपको तुलनामा ५० प्रतिशत बढी हो ।
  • विश्वकपमा सहभागी हुने प्रत्येक राष्ट्रले तयारी खर्चबापत १५ लाख डलर र प्रतियोगितामा छनोट भएबापत थप १ करोड अमेरिकी डलर पाउने व्यवस्था गरिएको छ ।

१ साउन, काठमाडौं । साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ फाइनल खेल्दैछन् । दुवै टोली विश्वकपको ट्रफी उचाल्नबाट निकै नजिक छन् । सोमबार विहान २३औं संस्करणको विश्वकपको विजेताको टुङ्गो लाग्नेछ ।

च्याम्पियन टोलीले विश्वकपको ट्रफीसँगै करोडौँ रकम पुरस्कार जित्नेछन् । त्यो पनि डलरमा । नेपाली रुपैयाँमा कन्भर्ट गर्दा त्यो रकम अर्बौँ हुन आउँछ ।

त्यसो भए विश्वकप विजेताले कति रकम पाउँछन् त?

यस पटक विश्वकपमा टिम संख्या बढाएर ४८ पुर्‍याउँदा पुरस्कार राशी र सहभागि टिमले पाउने रकममा पनि वृद्धि भएको छ ।

फिफा काउन्सिलले फिफा विश्वकप २०२६ का लागि कीर्तिमानी ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार स्वीकृत गरेको थियो । उक्त २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो ।

फिफा विश्वकप २०२६ को विजेताले ५० मिलियन (५ करोड) अमेरिकी डलर प्राप्त गर्नेछन् । बिहीबारको विदेशी विनियम दर १५४.१४ रुपैयाँको हिसावले यसलाई नेपालीमा कन्भर्ट गर्दा ७ अर्ब ७० करोड ७० लाख हुन्छ ।

कतारमा विश्वकप उपाधि जित्दा अर्जेन्टिनाले ४ करोड २० लाख अमेरिकी डलर पाएको थियो ।

यस्तै उपविजेता ३३ मिलियन (३ करोड ३० लाख) अमेरिकी डलर र तेस्रो २९ मिलियन (२ करोड ९० लाख) अमेरिकी डलर र चौथो हुनेले २७ मिलियन (२ करोड ७० लाख) अमेरिकी डलर हात पार्नेछन् ।

विश्वकपमा विजेताहरुले मात्र होइन सहभागि सबै टिमले पुरस्कार पाउँछन् । सहभागि ४८ वटै टिमले पनि नगद पाउनेछन् ।

क्वाटरफाइनलबाट बाहिरिने टोलीले १९ मिलियन (१ करोड ९० लाख) अमेरिकी डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १५ मिलियन (१ करोड ५० लाख) अमेरिकी डलर डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले ११ मिलियन (१ करोड १० लाख) डलर पाउनेछन् । समूह चरणमै बाहिरिने टोलीले पनि ९ मिलियन (९० लाख) डलर पाउनेछन् ।

पुरस्कार मात्र होइन विश्वकपमा छनोट हुने र विश्वकप खेल्ने टिमले अतिरिक्त रकम पनि पाउँछन् । विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्च स्वरुप १.५ मिलयन (१५ लाख) अमेरिकी डलर दिइनेछ । यस्तै विश्वकपमा छनोट भएवापत हरेक टाले १० मिलियन (१ करोड) अमेरिकी डलर पाउनेछन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय