+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकप २०२६ को विजेताले ऐतिहासिक च्याम्पियनसिप रिङ पाउने

२०८३ साउन  १ गते १३:२२ २०८३ साउन १ गते १३:२२

रिङको एकातर्फ फिफा विश्वकपको ट्रफी अंकित गरिएको छ, भने अर्कोतर्फ विजयी टोलीको पहिचान झल्किने गरी कस्टमाइज गरिनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को विजेता टोलीले ट्रफी र स्वर्ण पदकका अतिरिक्त ऐतिहासिक च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने भएका छन्।
  • फिफाले विश्वकपको सम्मानमा २०२६ वटा विशेष रिङ बनाउने घोषणा गरेको छ जसमध्ये ३० वटा विजेता टोलीलाई प्रदान गरिनेछ।
  • बाँकी १९९६ वटा रिङ आधिकारिक इजाजतपत्र प्राप्त उत्पादनको रूपमा विश्वभरका समर्थकहरूका लागि उपलब्ध गराइने फिफाले जनाएको छ।

काठमाडौं । फिफा विश्वकप २०२६ को विजेताले फिफा विश्वकप ट्रफी मात्र होइन यस पटक च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने भएका छन् ।

फिफाका अनुसार जुलाई १९ मा हुने फाइनलको विजेताले ऐतिहासिक रिङ पनि पाउने भएका हुन् ।

रिङको एकातर्फ फिफा विश्वकपको ट्रफी अंकित गरिएको छ, भने अर्कोतर्फ विजयी टोलीको पहिचान झल्किने गरी कस्टमाइज (परिमार्जन) गरिनेछ ।

जुलाई १९ मा न्यूयोर्क न्यू जर्सी स्टेडियममा फिफा विश्वकप २०२६ को च्याम्पियनको छिनोफानो हुनेछ । प्रतिष्ठित ट्रफी र स्वर्ण पदकका साथै विजयी टोलीलाई विजयको नयाँ प्रतीक (रिङ) पनि प्रदान गरिने फिफाले घोषणा गरेको छ ।

विश्वकपको इतिहासमा पहिलो पटक विजेता टोलीले विशेष रूपमा तयार पारिएको च्याम्पियनसिप रिङहरू पनि प्राप्त गर्नेछन् । फिफा विश्वकप जस्तो विश्वव्यापी खेलमा सबैभन्दा बढी चिनिने अमेरिकी खेलकुद परम्परामध्ये एकलाई भित्र्याउने फिफाले जनाएको छ ।

फिफा विश्वकप २०२६ को सम्मान स्वरुप फरक नम्बरका २०२६ वटा विशेष रिङ तयार गरिनेछ ।

यी मध्ये ३० थान रिङ विजयी टोलीलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ थान फिफा विश्वकप २०२६ को इतिहासको अंशको रुपमा विश्वभरका समर्थकहरुको लागि राखिनेछ ।

आधिकारिक इजाजतपत्र प्राप्त उत्पादनको रुपमा विश्वभरका प्रशंसकहरुको लागि राखिने फिफाले जनाएको छ ।

प्रत्येक रिंगमा छुट्टाछुट्टै नम्बर हुनेछ, साइज अनुसार मिलाइनेछ र यसको आफ्नै आधिकारिकताको प्रमाणपत्रसहित वितरण गरिनेछ ।

फाइनल खेल सकिएलगत्तै विजयी टोलीका कप्तान र मुख्य प्रशिक्षकले यस अवसरको सम्झनास्वरूप अस्थायी रिङहरू प्राप्त गर्नेछन् ।

विजेताको लागि निर्धारण गरिएका ३० वटै रिङलाई कस्टमाइज गरेर पछि आधिकारिक रूपमा हस्तान्तरण गरिने फिफाले जनाएको छ । यसले इतिहासमा गुञ्जिरहने यो उपलब्धिलाई जिवनभर सम्झाइरहनेछ ।

च्याम्पियनसिप रिङ फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय