+
+
Shares

मोरङमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:१२

१ साउन, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।

केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेकी ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको हो ।

घटनास्थलमा वृद्धा मगर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारकै क्रममा उको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?