५ चैत, प्युठान । प्युठान नगरपालिका-८ पाडावाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लुप्लुङबाट चुनढुङ्गा बोकेर बागदुलातर्फ जाँदै गरेको रा १ ख १८३९ नम्बरको टिपरले अधेरी–दम्ती सडकखण्डमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ३७ वर्षीय अशोक परियारलाई ठक्कर दिएको हो ।
परियार प्युठानमा मजदुरी गर्दैआएका थिए । ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4