+
+
Shares
गद्य–साहित्य :

आजकलका निरोहरू मौन बस्छन्

आशिक सिंह ठकुरी आशिक सिंह ठकुरी
२०८३ साउन २ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहर सफा गर्ने नाममा गरीबको झोपडी भत्काउने र जनतालाई करको भारी बोकाउने शासकहरूको प्रवृत्तिप्रति व्यंग्य गरिएको छ।
  • सुशासनको प्रत्याभूति दिने शासकहरूले नै जनताको घाँटी अठ्याएर दमनकारी नीति अपनाएको विषय समेटिएको छ।
  • अन्याय र बेथिति देख्दा पनि मौन बस्ने आधुनिक शासकहरूको व्यवहारलाई कविले तत्कालीन निरोको बासुरी वादनसँग तुलना गरेका छन्।

आजकलका निरोहरू फोहोर मन पराउँदैनन्त्यसैले सफाइ गर्छन्

गरीब बस्ने झोपडीको

भत्काउँछन् एक-एक गारा

गर्छन् भग्नावशेषको दृश्यावलोकन

अनि खुसी हुन्छन्

शहर सफा भएकोमा ।

आजकलका निरोहरू अन्धेर शासन चाहँदैनन् 

ल्याउन खोज्छन् सुशासन

करको भारी बोकाउँदै

जनताको घाँटी अठ्याउँदै

अनि फनक्क फर्केर सुकिलामुकिलातिर

दिन्छन् प्रत्याभूतिहामी तिम्रो मात्रै हौं भनेर !

उहिलेका होस् या अहिलेका

निरोहरूलाई जायज विरोधका आवाज मन पर्दैन

उनीहरूको आङको जुम्रा देखाएको मन पर्दैन

गरीबी मन पर्दैनगरीब नै मन मन पर्दैन

र कथंकदाचित्

आफ्नै जनको बेथिति देखे पनि   

असह्य सन्तापका कारणले

शहर जलिरहेको देखे पनि

उहिलेका निरोहरू बासुँरी बजाउँथे

आजकलका निरोहरू मौन बस्छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?