+
+
Shares
कांग्रेस विवाद :

इतर पक्षको राष्ट्रिय भेला साउनभित्रै, बीपी स्मृति दिवसमा मिति घोषणा गरिने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला साउन महिनाभित्रै गर्ने घोषणा गरेको छ । मिति भने साउन ६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने बीपी स्मृति दिवसमा घोषणा गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १८:२९

३ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला साउन महिनाभित्रै गर्ने घोषणा गरेको छ । मिति भने साउन ६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने बीपी स्मृति दिवसमा घोषणा गर्ने तयारी गरेको छ ।

पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवादपश्चात लामो धैर्यता राख्दाराख्दै पनि विवादको सात महिना र अदालतको फैसलापछि चार महिना बितिसक्दा पनि संस्थापन पक्षबाट सार्थक पहल गर्न चाहेको नदेखिएको इतर पक्षले समीक्षा गरेको छ ।

‘एकातर्फ वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्यासित बाटोमा गइरहेको, स्थापित राजनैतिक दलहरूलाई नामेट पार्ने षडयन्त्रका चरणहरू अझै क्रियाशील रहेको र नेपालको लोकतन्त्र तथा संघीय समावेसी लोकतान्त्रिक गणतन्त्र ल्याउन ऐतिहासिक योेगदान गरेका राजनैतिक दलभित्रै द्वन्द्वको बिजारोपण गरी उठ्नै नसक्ने गरी छिन्नभिन्न पार्ने गतिबिधि अत्याधिक क्रियाशील भइरहेको बेला पार्टी एकता गर्नुको साटो सहकर्मी अन्य दलहरूलाई समेत सार्वजनिक मञ्चहरूमार्फत चिढ्याउने अभिव्यक्ति दिएर जनताको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरू दिनानुदिन कमजोर पारिरहेको अवस्था छ,’ इतर समूहले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘तसर्थ पार्टीभित्र बलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रूपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न हामीले (नियमित महाधिवेशन पक्षधर) यही श्रावण महिनाभित्र काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त भेलाको मिति, समय र स्थान यही श्रावण ६ गते हुने बीपी स्मृति दिवसको कार्यक्रममार्फत सार्वजनिक गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?