+
+
Shares

काठमाडौंको माइतीघर क्षेत्र जलमग्न

अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण काठमाडौंको माइतीघर क्षेत्र जलमग्न हुँदा सवारी आवागमन र सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।
  • ढल व्यवस्थापन कमजोर हुँदा सडकमा जमेको पानीले यातायात अवरुद्ध भएपछि ट्राफिक प्रहरी र महानगरले सवारी साधन निकाल्ने कार्य गरिरहेका छन्।
  • सम्बन्धित निकायले जलमग्न क्षेत्रमा सावधानी अपनाउन र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

३ असार, काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ।

सडकमा पानीको सतह बढेपछि केही सवारी साधन सुस्त गतिमा सञ्चालन भएका छन्। पैदल यात्रुहरूले समेत पानी छिचोल्दै यात्रा गर्न बाध्य भएका छन्। सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको छ । डुबानमा परेका सावरीसाधनलाइ ट्राफिक प्रहरी र महानगरको सहयोगमा बाहिर निकाल्ने काम भइरहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?