+
+
Shares

सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजार ४१ दशमलव ७० अंकले वृद्धि भई नेप्से परिसूचक २७१९ अंकमा पुगेको छ ।
  • लगातार पाँचौँ दिन बढेको बजारमा कारोबार रकम पनि वृद्धि हुँदै ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
  • कारोबार भएका कुल कम्पनीमध्ये २३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ वटाको घटेको छ ।

४ साउन, काठमाडौं । सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ ।

लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा कायम भएको छ । आजको यो अंक एक महिनाकै उच्चतम हो । जेठ २९ गते २७२४ अंकमा रहेको नेप्से त्यसयताकै उच्चतम अंक सोमबार छोएको छ ।

दिनभरजसो बजार हरियो रह्यो । बन्द हुँदाको नेप्सेको अंक कारोबार अवधिभरको उच्चतम अंक पनि हो । यो सहित लगातार पाँचौं दिन बजार बढेको हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । आज २३९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ५ को स्थिर रह्यो ।

उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै ३.२१ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.८१, जलविद्युत् २.७९, बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशत बढे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । रिजलाइन इनर्जीको १३.९५, श्रीनगर एग्रिटेकको १०.९५, सोलु हाइड्रोपावरको ९.९३, दिव्यश्वरी हाइड्रोपावरको ८.६२, हाथवे इन्भेस्टमेन्टको ८.६१ तथा शिखर पावरको ७.८३ प्रतिशत मूल्य बढ्यो ।

आत्मनिर्भर लघुवित्तको मूल्य ६.८६ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.८५ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालय रिइन्स्योरेन्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?