+
+
Shares

७५ वर्षीय मोतिमान पाख्रिन : वृद्धभत्ता थापेर फर्किँदै थिए, रोशी खोलाले बगाउँदा गयो ज्यान

वृद्धभत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ बैंकमा आएर फर्कने क्रममा रोशी गाउँपालिका–७ कटुञ्जेबेंसीका ७५ वर्षीय मोतिमान पाख्रिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको हो ।

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन ४ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ मा खोला तर्ने क्रममा ७५ वर्षीय मोतिमान पाख्रिनको बगेर मृत्यु भएको छ ।
  • वृद्ध भत्ता लिएर घर फर्किने क्रममा पाख्रिनलाई रोशी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
  • स्थानीयको सूचनापछि प्रहरी टोलीले खोजी गर्ने क्रममा उनको शव रोशी गाउँपालिका-८ स्थित खोला किनारमा फेला पारेको छ ।

४ साउन, काभ्रेपलाञ्चोक । रोशी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

आफनो वृद्धभत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ बैंकमा आएर फर्कने क्रममा रोशी गाउँपालिका–७ कटुञ्जेबेंसीका ७५ वर्षीय मोतिमान पाख्रिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सोमबार दिउँसो रोशी गाउँपालिका–७ स्थित रोशी खोला तर्ने क्रममा पाख्रिन बगेका थिए ।

स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कटुञ्जेबेंसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य थालेको थियो ।

खोजीका क्रममा पाख्रिनलाई रोशी गाउँपालिका–८ गिम्दीबेंसीस्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?