News Summary
Generated by OK AI. Editorially reviewed.- कानून मन्त्रालयले चालु आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्षका रूपमा घोषणा गरेको छ।
- मन्त्री सोबिता गौतमको सचिवालयले १६६ वटा विधेयक पारित गर्ने लक्ष्यका साथ मन्त्रालयहरूबीच नियमित छलफल थालिएको जनाएको छ।
- सरकारले संघीय संसद्लाई विजनेशको अभाव हुन नदिनका लागि नौ बुँदे कार्ययोजनासमेत तयार पारेको छ।
४ असार, काठमाडौं। चालु आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ।
सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल गरेको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ । प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले बताएको छ।
‘कानून निर्माण वर्ष सफल बनाउन तथा सङ्घीय संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेका हौं, यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुनेछ’ मन्त्री गौतमको सचिवालयले भनेको छ ।
आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसद्मा बुझाइसकेको छ।
विकासको लागि सहज वातावरण निर्माण यो वर्ष पूरै कानुन सुधारमा लाग्ने मन्त्रालयले बताएको छ । कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले ९ बुँदे कार्ययोजना तयारसमेत तयार पारिसकेको छ।
सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ। प्रतिनिधिसभामा आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसद्मा बुझाइसकेको छ।
प्रतिक्रिया 4