+
+
Shares

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैन : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रममन्त्री रामजी यादवले वर्तमान विश्वव्यापीकरणको सन्दर्भमा वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने र यसलाई सुरक्षित तथा मर्यादित बनाउन सरकार केन्द्रित भएको स्पष्ट पारे ।
  • सरकारले नेपाली श्रमिकहरूको शोषण अन्त्य गर्न सुरक्षित र उच्च प्रतिफल दिने युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल अघि बढाएको छ ।
  • श्रम मन्त्रालयले स्वदेशी श्रमिकका समस्या र शोषणसम्बन्धी गुनासो सम्बोधन गर्न चाँडै नै नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्री यादवले बताए।

५ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् ।

उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे ।

मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए ।

मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्नु उचित नहुने पनि उनले बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको उनले बताए ।

आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको उनले बताए ।

देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइ छ । यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ । आजको विश्व ‘ग्लोवल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो । त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो । हामी राम्रो श्रम बजारको खोजीमा पनि छौँ, जहाँ नेपाली श्रमिक शोषणमा नपरुन् ।’

उनले भने, ‘श्रम विभागबाट पनि आन्तरिक श्रम बजारमा हुने श्रम शोषणसम्बन्धी उजुरीका लागि यस्तै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइनेछ । हाल आन्तरिक श्रमिकले पनि श्रम कार्यालय धाउनुपर्ने अवस्था छ । अब ती सेवाहरूलाई पनि डिजिटल माध्यमबाट सहज बनाइनेछ ।’

मन्त्री यादवले विगतमा कानुन कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै बका दिनमा सरकार निर्मम रूपमा प्रस्तुत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?