+
+
Shares

तयारी पोशाक उद्योगका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगका समस्या समाधान गर्न र निर्यात प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए।
  • छलफलमा रुग्ण उद्योगहरू पुनः सञ्चालन गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने योजना रहेको प्रधानमन्त्रीले बताए।
  • प्रधानमन्त्रीले अमेरिकातर्फको निर्यातमा देखिएका अवरोध फुकाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाबारे जानकारी समेत लिएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपतिदेव पाण्डेले जानकारी दिए ।

सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोसाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्रलाई सबल बनाउने विषयमा गहन छलफल भएको उनले बताए ।

छलफलका क्रममा मन्त्रालयहरूमा रोकिएका र अड्केका समस्याहरूलाई तुरुन्तै बैठक बसी समाधान गर्न सम्बन्धीत निकायलाई तत्काल निर्देशन दिएको जानकारी उनले दिए र।

प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुन: सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने योजना रहेको समेत जनाउनुभएको अध्यक्ष पाण्डेले बताए ।

साथै कपडा/पोसाक उद्योगलाई सुदृढ बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरिने समेत प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरि अमेरिकातर्फको निर्यातमा देखिएको प्रयोगशाला/परीक्षण सम्बन्धी अवरोध फुकाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न प्रधानमन्त्रीले निर्देशन दिएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?