५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क फिर्ता लिने सरकारको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले समता शुल्क फिर्ता लिने निर्णय गरेपछि सांसद शाहीले प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका हुन् ।
यस्तै सांसद शाहीले शवमाथि लगाउने भनिएको कर पनि फिर्ता लिन आग्रह गरेका छन् । ‘मृत्युपछि शवमाथि समेत कर लगाउने निर्णय जनताको भावनाविपरीत छ,’ उनले फेसबुकमा भनेका छन्, ‘यस्तो कर तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गर्दछु ।’
जनहितका विषयमा सरकारले सकारात्मक निर्णय गरेकोमा आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता जनमुखी निर्णय गर्ने अपेक्षा राखेका छन् ।
प्रतिक्रिया 4