+
+
Shares

मिटरब्याज पीडितसँग सरकारले सम्झौता गरेपछि साहु-महाजन पनि सडकमा उत्रिए

सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता खारेज हुनुपर्ने माग गर्दै मंगलबार साहुहरूले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १८:४२

५ साउन, जनकपुरधाम । मिटरब्याज पीडितसँग सरकारले ९ बुँदे सहमति गरेको विरोधमा ऋण लगानी गर्ने साहु-महाजनहरू सडकमा उत्रिएका छन् । सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता खारेज हुनुपर्ने माग गर्दै मंगलबार साहुहरूले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

पीडित लेनदेन संघर्ष समितिको ब्यानरमा साहुमहाजनहरू एकीकृत भएर प्रदर्शन गरेका छन् । ‘गृहमन्त्री राजीनामा दे’, ‘९ बुँदे सम्झौता खारेज गर’ लगायतका नारा लगाउँदै साहुहरू जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अदालतअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा रहेका एकजना साहु राजकिशोर साहले गृहमन्त्री सुधन गुरुङ र सरकार कानुनविपरीत मिटरब्याज पीडित भनिएकासँग एकतर्फी सम्झौता गरेको दाबी गरे । एकतर्फी सम्झौता गरेर आफूहरूलाई सरकारले थप पीडित बनाएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?