News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारासहित सामाजिक सेवा र सार्वजनिक सरोकारलाई जोड्ने उद्देश्यले ‘एनसी फर नेसनल कज’ अभियानको घोषणा गरेको छ ।
- महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको ४४औं स्मृति दिवसमा २४ भदौदेखि शुरू हुने गरी उक्त नयाँ अभियानको औपचारिक सार्वजनिक गरेका छन् ।
- यो अभियानअन्तर्गत कांग्रेसले सदस्यहरूलाई सामुदायिक सेवा, व्यक्तिगत सहयोग, नागरिक अभियान र सुशासन गरी चारवटा छुट्टाछुट्टै क्लस्टरमा आबद्ध गर्ने योजना अघि सारेको छ ।
७ साउन, काठमाडौं । नेपाली कांग्रेसले संगठनात्मक रूपान्तरणलाई देश परिवर्तनसँग जोड्ने उद्देश्यसहित ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने राजनीतिक नारा अघि सारेर विभिन्न सांगठनिक कामहरू गर्दै आएको छ ।
कांग्रेसले विशेष महाधिवेशनबाट तय गरेको राजनीतिक नाराबाट पार्टीभित्रको सुधार, पुस्तान्तरण, कार्यशैलीमा परिवर्तन र जनतासँगको सम्बन्धलाई बलियो बनाएर त्यसको प्रभाव देशको शासन र विकासमा देखाउने दाबी प्रतिविम्बित गर्छ ।
जसअन्तर्गत कांग्रेसले विगत केही महिनादेखि ‘द ग्रिन टेबल’ संवाद कार्यक्रम सञ्चालन गरेर नागरिकसँग प्रत्यक्ष संवाद र सहभागिता बढाउने प्रयास गरिरहेको देखिन्छ ।
यही रणनीतिअनुसार कांग्रेसले बिहीबारमात्रै ‘नेपाली कांग्रेस फर नेसनल कज’ (एनसी फर एनसी) अभियान घोषणा गर्दै पार्टीलाई सामाजिक सेवा, नागरिक कल्याण र सार्वजनिक सरोकारका विषयलाई संगठनात्मक अभियानसँग जोड्ने रणनीति अघि सारेको छ ।
संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ अभियान घोषणा गरेका हुन् ।
‘जरा अभियान समाप्त गर्दै हामीले आजबाट नयाँ अभियान प्रारम्भ गरेको तपाईंहरूलाई जानकारी गराउँछु । यसका बारेमा हामी विस्तृत रूपमा फेरि छलफल गर्छौं,’ उनले भने, ‘यो अभियान ‘एनसी फर एनसी’ । एनसी भनेको नेपाली कांग्रेस । नेपाली कांग्रेस फर नेपाली कांग्रेस होइन, नेपाली कांग्रेस फर नेसनल कज ।’
सभापति थापाले नागरिक हितमा काम गर्नु नै अभियानको साझा उद्देश्य रहेको पनि बताए । ‘यो अभियानको साझा उद्देश्य छ– नागरिकहरूको कल्याणमा हामी काम गर्छौं । नागरिक हितमा काम गर्छौं,’ उनले भने ।
कार्यक्रममा सभापति थापाले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर आगामी २४ भदौबाट ‘एनसी फर एनसी’ अभियान सुरुवात गरिने पनि जानकारी दिए ।
‘साउन २४ देखि भदौ २४ सम्म हामी सांगठनिक तयारी गर्छौं । यसको डिटेल हामीले बनाइसकेका छौं,’ उनले भने, ‘यसको बारेमा पछि फेरि जानकारी गराउँला ।’
कांग्रेसले घोषणा गरेको अभियानबाट पार्टीलाई परम्परागत राजनीतिक गतिविधिभन्दा बाहिर नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्न खोजेको सन्देश दिएको छ ।
कांग्रेसले ‘एनसी फर एनसी’ अभियानअन्तर्गत पार्टीका विभिन्न कार्यसमिति र सदस्यहरूलाई रुचि र क्षमताअनुसार चार प्रमुख क्लस्टरमा आबद्ध गरिने अवधारणा अघि सारेको छ ।

पहिलो क्लस्टर : कम्युनिटी सर्भिस (सामुदायिक सेवा)
यस क्लस्टरमा रक्तदान, वृक्षरोपण, सार्वजनिक पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा तथा अन्य सामुदायिक सेवामूलक गतिविधिमा सहभागी हुन इच्छुक स्वयंसेवकलाई समेटिने छ ।
दोस्रो क्लस्टर : व्यक्तिगत सहयोग
यस समूहअन्तर्गत जोडिन चाहने सदस्यले विपन्न परिवारका बालबालिकाको शिक्षा तथा अन्य आवश्यकतामा सहयोग, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई सहयोग तथा व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सामाजिक अभियानमा केन्द्रित हुनु पर्नेछ ।
तेस्रो क्लस्टर : नागरिक अभियान
यो कलस्टरमा सहभागी हुन चाहने इच्छुक व्यक्ति वा कार्यसमितिहरू जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि, सडक दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनविरुद्ध अभियान, महिला हिंसा अन्त्य, युवा सहभागिता प्रवर्द्धन तथा छुवाछुतविरुद्धको अभियानमा जोडिने छन् ।
चौथो क्लस्टर : नागरिक सहजीकरण तथा सुशासन
यस क्लस्टरले सार्वजनिक नीति (पोलिसी) सुधार, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका समुदायसँग सम्बन्धित नागरिकमैत्री कार्यक्रम तथा सुशासन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ ।
‘एनसी फर एनसी’ अभियान घोषणाका क्रममा सभापति थापाले भनेका छन्–
‘जरा अभियान समाप्त गर्दै हामीले आजबाट नयाँ अभियान प्रारम्भ गर्ने म तपाईंहरूलाई जानकारी गराउँछु । यसका बारेमा हामी विस्तृत रूपमा फेरि छलफल गर्छौं । यो अभियान एनसी फर एनसी । एनसी भनेको नेपाली कांग्रेस । नेपाली कांग्रेस फर नेपाली कांग्रेस होइन, नेपाली कांग्रेस फर नेसनल कज ।
यो अभियानको साझा उद्देश्य छ– नागरिकहरूको कल्याणमा हामी काम गर्छौं । नागरिक हितमा हामी काम गर्छौं । भदौ २४ गते बीपीजयन्ती छ, हामी बीपीजयन्ती यसपालि भव्य सामारोहका साथ मनाउँछौं ।
साउन ७ देखि भदौ २४ गतेसम्मको समय हामीसँग छ । यो समयको बीचमा सोचौं । यो समयको बीचमा मनन् गरौं । तयारी गरौं । यो बीचको अवधिमा प्रत्येक नेपाली कांग्रेसको सदस्यले भदौ २४ गते एउटा ‘प्लेज’ गर्ने हो । एउटा प्रतिज्ञा गर्ने हो । र, कांग्रेसको प्रत्येक कमिटीले पनि एउटा प्रतिज्ञा गर्ने हो ।
साउन २४ देखि भदौ २४ सम्म हामी सांगठनिक तयारी र्छौं । यसको डिटेल हामीले बनाइसकेका छौं । यसको बारेमा पछि फेरि जानकारी गराउँला ।
केही क्लस्टरहरू बनाएका छौं । ‘कज’को क्लस्टरहरू ।
जस्तो उदाहरणको लागि, कोही नेपाली कांग्रेसको साथी म रक्तदानमा जोडिन चाहनुहुन्छ भने ‘प्लेज’ गर्न चाहनुहुन्छ, ठिक छ । म वृक्षरोपणमा जोडिन चाहन्छु, ठिक छ । म कुनै सार्वजनिक पूर्वाधार निर्माण गर्ने कुरासँग जोडिन चाहन्छु, ठिक छ । म कुनै विपद् व्यवस्थापनसँग जोडिन चाहन्छु, ठिक छ । म कुनै स्वास्थ्यको कामसँग जोडिन चाहन्छु, ठिक छ । यो कम्युनिटी सर्भिसको क्लस्टरको काम भयो । कम्युनिटी सर्भिसको कुरो भयो ।

अर्को वयैक्तिक सहयोगको । विपन्न परिवारको केटाकेटीलाई सहयोग गर्न चाहनुहुन्छ, कोही वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परेको साथीलाई सहयोग गर्न चाहनुहुन्छ । कुनै पनि कुरा कसैको पनि वयैक्तिक जीवनमा प्रभाव पार्ने, परिवर्तन ल्याउने कुनै पनि अभियानमा जोडिन चाहनुहुन्छ । यो दोस्रो समूह हो ।
तेस्रो समूह भनेको नागरिक अभियानसँग जोडिएको छ । यसमा जलवायु परिवर्तनको सन्दर्भको चेतना जगाउने अभियान होला । सडक दुर्घटनाको अभियान होला वा लागुऔषधको अभियान होला । महिला हिंसाविरुद्धको अभियान होला । युवा सहभागिताको अभियान होला । छुवाछुतविरुद्धको अभियान होला ।
चौथो क्लस्टर भनेको नाागरिक सहजीकरण र सुशासनसँग जोडिएको छ । यो कुनै पोलिसीमा काम गर्न चाहनुहुन्छ । सानो पोलिसीमा तल गएर । ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्न सक्नु हुन्छ । अपांगता भएका क्षेत्रमा काम गर्न चाहनुहुन्छ ।’
सभापति थापाले अहिले यसभन्दा बढी पनि क्लस्टरहरू थपिन सक्ने पनि कार्यक्रममा जानकारी दिए । ‘मैले यो चार वटा क्लस्टरको बारेका कुराकानी गरेँ । अब हामी पर्सि ओपन गर्छौं यसलाई । तपाईंहरूले यो क्लस्टरमा यो पनि काम गर्न सकिन्छ भनेर पार्टीको वेबसाइटमा थप्दै जानु हुन्छ । नयाँ पुस्ताको साथीहरूबाट सुन्छौं । पुरानो अनुभवबाट सुन्छौं । र, तपाईंहरूमध्ये कसैले म यो गरिरहेको छु भन्ने कुराको जानकारी पनि हामी पार्टीको अभिलेखमा राख्दै जान्छौं ।’
सभापति थापाले बीपी जन्मजयन्तीको अवसर पारेर २४ भदौमा कांग्रेसका हरेक क्रियाशील सदस्य र कार्यसमितिहरूले एक वर्षका लागि आफूले चाहेको क्लस्टरमा जोडिने प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।
‘भदौ २४ गते प्रत्येक नेपाली कांग्रेसको कार्यकर्ताले एक वर्षका निम्ति आफूले गर्ने एउटा अभियानको प्रतिज्ञा गर्नु पर्नेछ,’ उनले भने, ‘यो स्वेच्छिक हो, कसैले म गर्दिनँ भन्न पाउनु भयो । तर पार्टी कमिटीहरूको इन्स्टिच्युसन प्लेज हुन्छ ।’
प्रतिक्रिया 4