+
+
Shares

तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ

सो अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको दुई हजार ९३६ वर्ष चार महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका प्रतिवादीबाट दुई हजार ९३६ वर्ष चार महिना २५ दिन कैद सजाय कार्यान्वयन र ७२ करोड ४७ लाख १२ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
  • केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउ कार्यलाई उच्च प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए ।

७ साउन, काठमाडौं । गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट ४८, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट एक हजार २३२, कोशी प्रदेशबाट ९६०, मधेसबाट दुई हजार ११७, बागमतीबाट ७६०, गण्डकीबाट ४५२, लुम्बिनीबाट एक हजार १८१, कर्णालीबाट १८७ र सुदूरपश्चिमबाट ३१४ जना पक्राउ परेका छन् ।

सो अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको दुई हजार ९३६ वर्ष चार महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ ।

साथै उनीहरूबाट  ७२ करोड ४७ लाख १२ हजार रुपैयाँ जरिवाना असुल उपर गरिएको छ । फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउ कार्यलाई उच्च प्राथमिकतामा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उनले बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?