+
+
Shares

जोरपाटीबाट एसएलआरको ६ राउन्ड गोलीसहित १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट ४३ वर्षीय विकास महर्जन एसएलआरको ६ राउन्ड गोलीसहित पक्राउ परेका छन् ।
  • ग्यास सिलिन्डर चोरीको अनुसन्धानका क्रममा महर्जनको कोठाबाट प्रहरीले गोली बरामद गरेको हो ।
  • पक्राउ परेका महर्जनलाई अहिले बौद्धस्थित प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं नक्साका ४३ वर्षीय विकास महर्जन छन् । उनलाई प्रहरी चौकी जोरपाटीले पक्राउ गरेको हो । ग्यास सिलिन्डर चोरीको आशंकामा उनको कोठा जाँच गर्ने क्रममा गोली भेटिएको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त बौद्धमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?