९ साउन, काठमाडौं । रुपन्देहीमा घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नक्कली घुमुवा प्रहरी बनेर रकम असुल गर्ने गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई ओमसतिया गाउँपालिका-४ बालापुरमा भाडामा बस्ने ४९ वर्षीय राकेशरताप राणा पक्राउ परेका हुन् ।
घुमुवा प्रहरी भन्दै दश हजार रकम मागिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिद्धाथर्नगर-१३ शान्तिनगरबाट उनलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट नक्कली पेस्तोल, गाँजा, मोबाइल र २६०० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4