+
+
Shares

नाटकीय रूपमा स्थापित भएकाहरूको पतन पनि त्यसैगरी हुन्छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते २२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ ।
  • महासचिव पोखरेलले भने, ‘उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन्, उनीहरूको पतन पनि त्यसैगरी हुन्छ ।’
  • नयाँ शक्तिहरूको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो ।

९ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन् ।

नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप पनि लगाए ।

नयाँ शक्तिहरूको पतन निश्चित भएपनि उनीहरूको असफलतापछि जनमत स्वत: पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ ।

‘आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयसम्म चुनौती रहन्छ भन्ने म ठान्दिनँ । किनभने कुनैपनि शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ । यो विज्ञानको कुरा हो । उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन्, उनीहरूको पतन पनि त्यसैगरी हुन्छ । यसमा ढुक्क हुँदा हुन्छ,’ पोखरेलले भने ।

नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुन: मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए ।

पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।

‘सवाल के हो त भन्दा, उनीहरूको पतनपछिको भविष्य के हुने ? त्यो भविष्य हामीले चाहेजस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ  । यो नै मुख्य प्रश्न हो भन्ने मलाइ लाग्छ, त्यस अर्थमा म भन्दै आएको छु कि एउटा पपुलिजमको असफलतामा वा अहिलेको रास्वपा सरकारको असफलतामा जनमत स्वत: फेरि हामीतिर फर्कन्छ भन्ने कुरामा ढुक्क भएर बस्ने हो भने, त्यो नफर्कन पनि सक्छ । त्यस अर्थमा हामीले आजको युवा पुस्तातर्फ विशेष ध्यान दिनुपर्छ । हामी हाम्रा हरेक कार्यक्रमहरूमा अनुहार हेर्दा पाका अनुहार नै बढी देख्छौं,’ पोखरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?