News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको वीरगञ्जमा विद्युत् सर्ट भई दुर्गा रेडिमेड सप्लायर्समा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
- काठमाडौंको बालाजुस्थित एक कपडा सिलाई सेन्टरमा राति आगलागी हुँदा ३ लाख ५० हजार रुपैयाँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
- दाङको राप्ती गाउँपालिकामा विद्युत् सर्ट भएर रमेश कुमार गुप्ताको घरमा आगलागी हुँदा फ्रिजलगायत घरायसी सामग्री जलेर नष्ट भएका छन्।
१० साउन, काठमाडौं । पर्सा, काठमाडौं र दाङमा भएका आगलागीका घटनामा लाखौं क्षति भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका ६ स्थित एक कपडा पसलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बाराको परवानीपुर गाउँपालिका ४ घर भएका राजकुमार साहले सञ्चालन गर्दै आएको दुर्गा रेडिमेड सप्लायर्समा गएराति साढे नौ बजे बिजुलीको तार सट भई आगलागी भएको थियो ।
आगोले पसल भित्र रहेका लत्ता कपडा जलेको प्रहरीले जनाएको छ । आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
काठमाडौंमा कपडा सिलाई सेन्टरमा आगलागी
काठमाडौंको काठमाडौं महानगरपालिका–१६ स्थित राधाकृष्ण मन्दिर नजिक एक कपडा सिलाई सेन्टरमा गएराति आगलागी हुँदा ३ लाख ५० हजार रुपैपाँ बराबरको क्षति भएको छ ।
जागृत खनालको घरको भुइँतलामा सञ्चालित कपडा सिलाई सेन्टरमा गएराति सवा १२ बजे आगलागी भएको थियो ।
आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको तार सट भएर आगलागी भएको अनुमान छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।
दाङमा पनि आगलागी
यसैगरी दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजारस्थित रमेश कुमार गुप्ताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
गएराति करिब ९ बजेतिर घरको मिटरबक्समा तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4