+
+
Shares

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : मातृभूमिमा लगानी गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १०:५६

१० साउन, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह  गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

प्रवासी नेपाली मुलुकका सद्भावनादूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका वर्तमान सरकार लागिपरेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्वलगायत उद्योगमैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे ।

लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीले स्पष्ट गरे । अर्थमन्त्रीले भने, ‘हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?