+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला ६० रुपैयाँले वृद्धि भई आज ४ हजार ४१० रुपैयाँ पुगेको छ ।

१० साउन, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी ४ हजार २४० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?