+
+
Shares

नौ दिनसम्म ‘गौंथली’ को कमाइ ७ करोड नाघ्यो, साढे २ लाखले हेरे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘गौंथली’ले प्रदर्शनको नवौं दिनसम्म ७ करोड ३ लाख रुपैयाँको ग्रस कलेक्सन गर्दै घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ।
  • अहिलेसम्म दुई लाख ४८ हजार ७२१ दर्शकले फिल्म हेरेका छन् भने १० करोड रुपैयाँ कमाउने लक्ष्य नजिक पुगेको छ।
  • काठमाडौं उपत्यकाबाहिरका हल सञ्चालकहरूले आइतबारको सार्वजनिक बिदामा पनि फिल्मको अकुपेन्सी दर राम्रो रहेको जानकारी दिएका छन्।

काठमाडौं । फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्मको कूल ग्रस कलेक्सन ७ करोड ३ लाख रुपैयाँ छ ।

सोही अवधिसम्म फिल्मलाई २ लाख ४८ हजार ७२१ जनाले हेरेका छन् ।

चलचित्र विकास बोर्डले भने हरेक सोमबार (विदेशी फिल्म बाहेकको) नियमित कमाइ सार्वजनिक गर्दै आइरहेको छ ।

आइतबार सार्वजनिक बिदाको दिनमा पनि विशेषगरि काठमाडौं उपत्यकाबाहिरका हलमा फिल्मको अकुपेन्सी राम्रो रहेको कतिपय हल संचालकले जनाएका छन् ।

प्रदर्शनको यही गति कायम रहे, कपिल रिजाल निर्देशित फिल्मको लागि १० करोड रुपैयाँ ग्रसको लक्ष्य पूरा गर्न त्यति मुस्किल छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?